बैंकिङ खबर । कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ३८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कैलाशले १३ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा एक अर्ब आठ करोड ४४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० प्रतिशतले वृद्धि गरी १८ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ३८ प्रतिशतले वृद्धि गरी १५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कैलाश विकास बैंकको खुद व्याज आम्दानी २७ दशमलव ३५ प्रतिशतले घटेर १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३५ दशमलव ३३ प्रतिशतले घटेर आठ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ७५ लाख रुपैयाँ राखेको छ ।
कैलाशकोे जोखिमयुक्त सम्पत्ति १८ दशमलव ३३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४७ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ६६ प्रतिशत रहेको छ ।


