२०७४ कार्तिक १९ गते

सनराइज बैंकको मुनाफा २० करोड ७९ लाख रुपैयाँ

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंक लिमिटेडले २० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै पाँच करोड रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंकले २५ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा एक अर्ब ७१ करोड रुपैयाँ राखेको छ । निक्षेपमा ६० अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५४ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेको छ । 

सनराइज बैंकको संचालन मुनाफा झन्डै तीन करोड रुपैयाँले बढेर ७० करोड ८० लाख रुपैयाँ पुगेको छ भने खुद व्याद आम्दानी थोरै घटेर ५१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा सात करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड रुपैयाँ राखेको छ । 

बैंकको प्रतिसेयर आम्दानी नौ रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैयाँ ०६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३२.०४, तरलता अनुपात २८.२६ र आम्दानी अनुपात ३३.१२ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने जोखियुक्त सम्पत्ति १४.२७ प्रतिशत रहेको छ ।