नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड वुटवलले आफ्नो स्थापना कालको सातौं बर्ष पुरा गरि आठौं बर्षमा प्रवेश गरेको अवसर पारेरश्री शिद्धवावा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाआश्रम, मैनावगर, वुटवललाई रु. २३ हजार चार सय ४० वरावरको खाद्यान सहयोग गरेको छ । बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेले बृद्धाआश्रममै पुगी आश्रमका अध्यक्ष महेश्वरलाल श्रेष्ठलाई एक समारोहका बिच उक्त सहयोग शुक्रबार हस्तान्तरण गरे ।
रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २४,००० निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., आईपीएस, एसएमएस, इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ् सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पूँजि ६० करोड तथा चुक्ता पूँजि २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप २ अर्ब ६ करोड, कर्जा लगानी १ अर्ब ६३ करोड र निष्कृय कर्जा ०.७९ प्रतिशत रहेको छ भने गत आषाढ मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा रहेको छ ।
बैंकले गत असोज २६ गते देिख आफ्ना साविकका शेयरधनिहरुलाई चुक्ता पुंजीको १२० प्रतिशतका दरले रु. १०० अंकित २६,४३,५३८.८० कित्ता हकप्रद शेयरको विक्री तथा निष्काशन खुल्ला गरेको छ । गत असोज १७ गते सम्म कायम शेयरधनिहरुले कार्तिक २९ गते सम्म बैंकको निष्काशन प्रबन्धक एनआईविएल क्यापीटल लि., लाजिमपाट काठमाण्डौ र एनआईविएल बैंकका शाखा कार्यालयहरु तथा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको सबै शाखा तथा उपशाखा कार्यालयहरुवाट उक्त हकप्रद शेयरको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाईएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरिएको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।


