Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको चेङ्गवेनी चोकमा

२०७४ कार्तिक १७ गते

एनआईसी एशिया बैंक लिमिटेडले भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चोकमा नयाँ शाखा विस्तार गरेको छ । विहीबार (कात्तिक १७ गते) एक समारोहका बिच भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उक्त शाखाको विधिवत् उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । भोजपुर शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।