Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा झन्डै ९० करोड

२०७४ कार्तिक १७ गते

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पयिहलो त्रैमासमा ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेके छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेण्ट बैंकले जगेडाकोषमा आठ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १४ दशमलव ९१ प्रतिशत वृद्धि गरी एक खर्ब ३१ अर्ब २९ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ दशमलव ८२ प्रतिशतले वृद्धि गरी एक खर्ब सात अर्ब ९६ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद व्याज आम्दानी १९ दशमलव ४७ प्रतिशतले बढेर एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा नौ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा १८ करोड ५५ लाख रुपैयाँ नकारात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८४ दशमलव ४७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशतले बढेर एक दशमलव ०४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति एक दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ७८ प्रतिशत कायम भएको छ ।