Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकको नाफा १६ प्रतिशतले घट्यो

२०७४ कार्तिक १७ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ०९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले ४२ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब आठ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंकले जगेडाकोषमा चार अर्ब ३८ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी एक खर्ब चार अर्ब ९४ करोड ११ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३१ दशमलव ३४ प्रतिशत वृद्धि गरी ८८ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । 

ग्लोबल आईएमई बैंकको खुद व्याज आम्दानी १५ दशमलव ९१ प्रतिशतले बढेर ६९ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ दशमलव ८२ प्रतिशतले घटेर ३८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा आठ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १६ करोड ६६ लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ३९ प्रतिशतले घटेर ११ दशमलव ५४ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव १४ प्रतिशतले घटेर एक दशमलव ५७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत रहेको छ ।