Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कमायो साढे छ करोड मुनाफा

२०७४ कार्तिक १६ गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा शाइन रेसुंगाले छ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएका बैंकले जगेडा कोषमा ३३ करोड ४८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशमलव ८२ प्रतिशतले वृद्धि गरी १० अर्ब ९३ करोड ८१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ९ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी आठ दशमलव १४ प्रतिशतले बढेर १४ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा चार दशमलव ९० प्रतिशतले घटेर नौ करोड ७६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा आठ लाख रुपैयाँ खराबर कर्जा उठाएको बैंकले प्रोभिजनमा एक करोड ८४ लाख रुपैयाँ राखेको छ ।

शाइन रेसंगा डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी १८ दशमलव ८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २४ दशमलव २९ रुपैयाँ, तरलता अनुपात २० दशमलव ७७ प्रतिशत र मुल्य आम्दानीको अनुपात २१ दशमलव ७६ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५३ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५ दशमलव ९४ प्रतिशत रहेको छ ।