बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ६१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबिले ३५ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा चार अर्ब ६७ करोड ६७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा नौ दशमलव ७० प्रतिशत वृद्धि गरी ७१ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६२ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ ।
एनएमबि बैंकको संचालन मुनाफा २६ दशमलव ०३ प्रतिशतले बढेर ४६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा २१ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशतले घटेर एक दशमलव ६७ प्रतिशत कायम भएको छ भने जाखिमयुक्त सम्पत्ति १३ दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ३६ गुणा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ रहेको छ ।


