बैंकिङ खबर । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकले जगेडाकोषमा एक अर्ब ३६ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३९ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३५ अर्ब २४ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी छ दशमलव १३ प्रतिशतले घटेर ३३ करोड ४८ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । त्यस्तै संचालन मुनाफा ६० दशमलव ७० प्रतिशतको गिरावट आई छ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १६ करोड ३५ लाख रुपैयाँ राखेको छ ।
मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १० दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

