बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव १२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकले २५ करोड १० रुपैयाँ खुद मुनाफा आर्जज गरेको थियो ।
छ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ४५ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३० दशमलव ८६ प्रतिशतले वृद्धि गरी ६८ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५९ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ ।
प्राइम बैंकको खुद ब्याज आम्दानी ७६ दशमलव २८ प्रतिशतले कमी आएको छ । बैंकको संचालन मुनाफा ६९ दशमलव ३४ प्रतिशतले वृद्धि गरि ४३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १० करोड ३१ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड ६० लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत, प्रतिसेयर आम्दानी २१ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ५५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५४ दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २७ दशमल ९० प्रतिशत रहेको छ ।


