Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको नाफा घट्यो

२०७४ कार्तिक १६ गते

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ४६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ६८ करोड ६६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा तीन दशमलव २२ प्रतिशतले वृद्धि गरि ९६ अर्ब १३ करोड ६७ लाख रुपैयाँ संकलन गरेको बैंकले ११ दशमलव ११ प्रतिशत  वृद्धि गरी कर्जामा ८० अर्ब ७८ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी छ दशमलव १७ प्रतिशतले घटेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ३४ दशमलव ९४ प्रतिशतले घटेर ४४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्राभिजनमा २० करोड ३४ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३५ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८७ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २० दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ ।