Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा जनआन्दोलन चोकमा

२०७४ कार्तिक १५ गते

एनआईसी एशिया बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जनआन्दोलन चोकमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । कात्तिक १५ गते(बुधबार) एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले उक्त शाखाको विधिवत् उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । पथरी शाखाको उद्घाटनसँगै अब एनआईसी एशिया बैंकको शाखा संख्या १३३ पुगेको छ । बैंकको १४१ एटिएम काउन्टर रहेका छन् । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।