Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले कमायो २७ करोड ८६ लाख मुनाफा

२०७४ कार्तिक १५ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७५ प्रतिशत बढी नाफा कमाएको हो । गत  आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशियाले २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब तीन करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनआईसी एशिया बैंकले जगेडाकोषमा दुई अर्ब ३६ करोड २६ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ४३ दशमलव ०५ प्रतिशतले वृद्धि गरी एक खर्ब तीन अर्ब ६५ करोड ३५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ४२ दशमलव १६ प्रतिशतले वृद्धि गरी ८६ अर्ब ७४ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी छ दशमलव ४२ प्रतिशतले बढेर ५९ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९.५० प्रतिशतले बढेर ३५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा छ करोड आठ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १८ करोड १४ लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ०८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव ८८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव ७५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३८ प्रतिशत रहेको छ।