बैंकिङ खबर । जनता बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकले जगेडाकोषमा एक अर्ब ८९ करोड २१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय सात दशमलव ३३ प्रतिशत वृद्धि गरी पाँच अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक सय २३ दशमलव २३ प्रतिशत वृद्धि गरी ४७ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ९१ दशमलव ४४ प्रतिशतले बढेर ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५६ दशमलव ८४ प्रतिशतले घटेर चार करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा पाँच करोड ८३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ३८ लाख रुपैयाँ राखेको छ ।
जनता बैंकको आम्दानी तीन दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पति १५ दशमलव ९९ प्रतिशत रहेको छ ।


