Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले कमायो झन्डै ७१ करोड मुनाफा

२०७४ कार्तिक १५ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव आठ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा तीन अर्ब ८२ करोड आठ लाख रुपैयाँ राखेको छ । निक्षेपमा सामान्य वृद्धि गरी एक खर्ब ४८ अर्ब ३१ करोड २१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक खर्ब छ अर्ब ४७ करोड पाँच लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३५ दशमलव २६ प्रतिशतले बढेर एक अर्ब ७४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६१ दशलमव २३ प्रतिशतले बढेर ९४ करोड सात लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले १५ करोड २३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ भने प्रोभिजनमा ३३ करोड ४४ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा दुई दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।