Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

नविल बैंकको मुनाफामा झिनो वृद्धि, तीन महिनामा कमायो ८५ करोड मुनाफा

२०७४ कार्तिक १५ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा छ अर्ब ९० करोड ५० लाख रुपैयाँ राखेको छ । निक्षेपमा सामान्य वृद्धि गरी एक खर्ब २३ अर्ब सात करोड ३० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ दशमलव २५ प्रतिशतले वृद्धि गरी ९४ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ लगानी गरेकोे छ ।

बैंकको खुद व्याज आम्दानी सात दशमलव ०८ प्रतिशतले बढेर एक अर्ब ३६ करोड छ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा छ दशमलव ३२ प्रतिशतले बढेर एक अर्ब २६ करोड एक लाख रुपैयाँ पुगेको छ । यो अवधिमा दुई लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ४५ लाख रुपैयाँ राखेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक हजार आठ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृयकर्जा एक दशमलव ११ प्रतिशत रहेको छ ।