गरिमा विकास बैंक लिमिटेडले एकैपटक चार वटा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तू जिल्लाको चन्द्रौटा बजार, रुपन्देही जिल्लाको फर्साटिकर, खैरेनी र मणीग्राममा नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।
आइतबार शिवराज नगरपालिकका मेयर नेत्रराज अधिकारीले चन्द्रौटा शाखा कार्यालय र शद्धोदन गाउपालिकाका अध्यक्ष किशून चन्द चौधरीले फर्साटिकर शाखा कार्यालयको उद्घाटन गरेका थिए । त्यस्तै, सोमबार गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले खैरेनी शाखा कार्यालय र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक अशोक कूमार पौडेलले मणिग्राम शाखा कार्यालयको उद्घाटन गरे ।
चार नयाँ शाखासँगै अब गरिमा विकास बैंकको शाखा संख्या ४९ पुगेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकका शाखा कार्यालय राजधानीभित्र ५ र राजधानीबाहिरका जिल्लाहरुमा ४४ वटा पुगेका छन् ।
गरिमा विकास बैंकले चालू आर्थिक बर्षभित्रमा प्रदेश नं.१ को झापा, मोरङ र सूनसरी जिल्लामा गरी कम्तीमा १० वटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । बैंकले २०७४ कार्तिक १३ गतेसम्म १६ अर्ब रुपैंया निक्षेप संकलन गरि १४ अर्ब २० करोड रुपैंया कर्जा लगानी गरेको छ ।


