२०७४ कार्तिक १३ गते

अनाथ बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले मनायो वार्षिकोत्सव 

काठमाडौँको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको १३ बर्ष पुुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालीमाटी सोल्टीमोड स्थित आमा घरका ३० जना बृद्ध बृद्धाहरुलाई खाद्यन्न सामाग्री, ग्यास वितरण तथा भोजन गराएको छ । बैैंकका संचालक चुुडामणी ढकाल, निरन कुुमार श्रेष्ठ, प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नायव प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीको उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो । 

वार्षिकोत्सवकै अवसर पारेर क्षेत्रीय कार्यालय, पोखराले बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठ तथा संचालक शिबलाल मल्ल तथा पूूर्व अध्यक्ष प्रा.सुुरेन्द्र बहादुुर भारीजुुको उपस्थितीमा पोखराको लेखनाथ स्थित राधाकृष्ण बृद्धाश्रमका ४५ जना बृद्ध बृद्धाहरुलाई न्यानो लत्ता कपडा, खाद्यान्न वितरण तथा भोजन गराउनुुको साथै सो आश्रममा अध्ययन गर्ने बालबालिकाहरुलाई कापी कलम समेत वितरण गरेका छन् । 

त्यस्तै, अन्नपूूर्ण आत्मनिर्भर बालआश्राम बाटुुलेचौरका ४० जना अनाथ बालबालिकाहरुलाई पनि भोजन गराएको बताइएको बैंकले जनाएको छ  ।

त्यसैगरी, क्षेत्रीय कार्यालय, नेपालगञ्जमा बंैकका संचालक अच्युुत प्रसाद प्रसाईले निलसागर बृद्धाश्रम तथा भेरी बृद्धाश्रम गई २६ जना बृद्ध बृद्धाहरुलाई न्यानो लत्ता कपडा, खाद्यान्न वितरण र भोजन गराएको बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । 

बैंकले आ.ब.२०७३÷७४ को आषाढ मसान्तसम्म निक्षेप संकलन रु. १३ अर्व ८७ करोड तथा कर्जा प्रवाह रु. ११ अर्व ६७ करोड गरि संचालन मुुनाफा रु. ५४ करोड ८८ लाख आर्जन गर्न सफल भएको बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । कुल ३५ शाखा १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुबित्त शाखा रहेको बैंकले करिब १ लाख ८० हजार भन्दा बढि ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग प्रदान गर्दै आइरहेको जनाइएको छ ।