सिद्धार्थ बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले कात्तिक ८ गते हस्ताक्षर गरे ।
सम्झौता अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार सिद्धार्थ बैंकले नेशनल बैंकिङ् ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पस मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


