Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हुम्लाको सर्केगाडमा सिटिजन्स बैंकको नयाँ शाखा, छिटै तीन शाखा थपिँदै

२०७४ कार्तिक १२ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । मिति २०७४ साल कार्तिक ०९ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको हो । 

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई देशैभरी फैलिएका यस बैंकको ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

हुम्लाको सदरमुकाम सिमिकोट भन्दा करिब ४१ कि.मि. दुरीमा रहेको यस शाखाको सुरुवात गर्दै गर्दा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले देश संघीयतामा गएसँगै दुरदराजका नेपाली जनतालाई  बैंकिङ सुबिधासँग पहुँच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको बताए । उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि, पशुपालन लगायतका क्षेत्रमा प्रश्स्त लगानीगर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङसेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बताए ।