Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको मुनाफामा २६ प्रतिशत प्रगति, तीन महिनामा कति कमायो ?

२०७४ कार्तिक १२ गते

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ३४ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमाले २७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी भएको सानिमा बैंकले जगेडा कोषमा एक अर्ब ४० करोड ४० लाख रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा लगानी २८ दशमलव ४२ प्रतिशतले बढेर ५७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले ६४ अर्ब १३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ दशमलव ३२ प्रतिशतले बढेर ५९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ११ दशमलव ४० प्रतिशतले बढेर ४९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ६२ लाख रुपैयाँ राखेको छ ।

असोज मसान्तसम्ममा, सानिमा बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव ५२ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ७२ (वार्षिक) रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ७६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलव ५५ रुपैयाँ र तरलता अनुपात २४ दशमल ०७ प्रतिशत रहेको छ ।