Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकका रविन कुमार नेपाल नेप्सको अध्यक्षमा नियुक्त

२०७४ कार्तिक ७ गते

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)असोज २९ गते सम्पन्न चौथो साधारणसभाबाट आठ जना नयाँ संचालकहरु चयन भएका छन् । जनता बैंकका पृथ्वी नारायण श्रेष्ठ, सनराइज बैंकका रविन कुमार नेपाल, प्राइम कमर्सियल बैंकका भइराजा तुलाधर, बैंक अफ काठमाण्डूका प्रविन प्रकाश क्षेत्री, माछापूछ्रे बैंकका नारायण प्रकाश भुजु, नेपाल बंगलादेश बैंकका रत्न तारा वैद्य, सिटिजन्स बैंकका संजीव कुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन नेप्सको संचालकमा चुनिएका हुन् । 

साधारणसभाबाट चुनिएका संचाकहरुमध्येबाट कात्तिक १ गते बसेको संचालक समितिको बैठकले सनराइज बैंकका रविन कुमार नेपाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन गरेको बताइएको छ ।