सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्सले ३४ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब दुई करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिटिजन्स बैंकले जगेडा कोषमा एक अर्ब ६८ करोड ७९ लाख रुपैयाँ छुट्याएको । यो अवधिमा बैंकले ५० अर्ब छ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ४८ करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २०.१७ प्रतिशतले बढेर ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
सात करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा पाँच करोड ४७ लाख रुपैयाँ राखिएको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६.०१ प्रतिशत र निष्कृय कर्जा १.९९ प्रतिशत रहेको छ ।
त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।


