नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र जेबिल्स फाइनान्स लिमिटेडबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS सेवा सम्बन्धी सम्झौता भएकको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र जेबिल्स फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्सलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।
यस प्रणालीमा हालसम्म ७० बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यको रुपमा र अन्य ८ कम्पनीहरु अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध भइसकेको कम्पनीले जनाएको छ ।


