सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ । २०७४ साल असोज ५ – १० गते सम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम Welt Hunger Hilfe/Lutheran World Federation को सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो । विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रमबाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।
