२०७४ आश्विन २९ गते

सनराइज बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

सनराइज बैंक लिमिटेडले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “हामी सँग–सँगै” भन्ने मूल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गुरागाईँ, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरिएको थियो । बैंकद्वारा आयोजित उक्त र्यालीमा नायब महाप्रबन्धकहरु आशा राणा अधिकारी, अपछ कुमार यादब, रबिन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो । 

बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट सूरु भएको र्याली  गोमा गणेश, प्रहरी पेट्रोल पम्प, नक्शाल भगवती, जैनमन्दिर चोक, कमलपोखरीे, कमलादी गणेशस्थान, घण्टाघर,  रत्नपार्क, जमल, बिश्वज्योती, दरबारमार्ग, हात्तिसार, नागपोखरी, राजदरबार पूर्र्वीगेट हगंदैे पूनः गैह्रिधारामा आएर समापन भएको थियो । सोहि दिन बैंकको उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

साथै बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाग्मती सरसफाइ कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, वृद्धाश्रम तथा अनाथालयमा आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।