Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखाबाट कारोबार शुभारम्भ

२०७४ आश्विन २६ गते

गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरडको विराटनगर शाखावाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बैकको ५७ वटा शाखा कार्यालय भएका छन् । बैंकका सबै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिए, आस्वा, एबिएम, एसएमएस, मोबाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । 

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पुर्याएको थियो। बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । 

बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, आस्वा, एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।