Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मूल्यवृद्धिदर १० प्रतिशतमा : गभर्नर डा. नेपाल

admin २०७३ बैशाख २० गते
सेयर:

chiranjibi nepal (3)गभर्नर डाक्टर चिरञ्जिबी नेपालले गत वर्ष भएको भारतीय नाकबन्दीबाट नेपालीले पाठ सिक्नुपर्ने बताएका छन् । उनले भने, ‘विगतमा भएको नाकाबन्दीबाट हामीले पाठ सिक्नुपर्छ, अब आयात कम गरि आत्मनिर्भर हुन जागरुक हुनुपर्छ ।’ ग्लोबल आईएमई बैंकको दमौली शाखाको आइतबार उद्घाटन गर्दैै उनले नेपाल आयातमा अधिक निर्भर रहँदा अर्थतन्त्र नै आयातमुखी बनेको बताए । भारतीय नाकाबन्दीले गर्दा नै देशको अर्थतन्त्र धराशायी बनेको भन्दै उनले भने हामीले बार्षिक २ अर्बको सुर्ती र २३ अर्बको चामलसमेत आयात गरेका छौँ, देशका लागि आवश्यक सामान्य चिजमा पनि आत्मनिर्भर नहुँदा ठूलो परिमाणमा पैसा विदेशिएको छ ।’

गभर्नर डाक्टर नेपालले भूकम्प र नाकाबन्दीको प्रभावका बीच आर्थिक बृद्धिदर दुई प्रतिशत रहने अनुमान गरे । उनले नाकाबन्दी आत्मनिर्भरताका लागि अवसर भएको भन्दै अब यसको सामना गर्न आत्मनिर्भर हुने अभियानमा लाग्नुपर्ने बताए । देशमा पछिल्लो समय मूल्य वृद्धिदर केही घटेको भन्दै उनले अहिले १० प्रतिशतमा सीमित रहेको बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।