सानिमा बैंक लिमिटेडले बुधबार (असोज २५ गते) काठमाडौंको गौशालामा ४७आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भयो ।
शाखा उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
समुद्घाटन समारोहमा मह जोडीले गौशालामा सानिमा बैंक संचालनमा आएकोमा गौशालावासीहरु र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन सानिमा बैंकलाई शुभकामना व्यक्त गरे ।
सानिमा बंैकको गौशला शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४७ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।