May 1st, 2016

‘मुद्रास्फिति बढे सामना गर्न राष्ट्र बैंक तयार’ 

governorनेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर किमीआओ फ्यानले विश्व बैंक र नेपालबीच सम्बन्ध सुदृढ रहेको भन्दै सो सम्बन्धलाई कायम गराउने प्रतिबद्दता व्यक्त गरेका छन् । यही बैशाख १६ गते चार सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका फ्यानले गभर्नर डाक्टर चिरञ्जिबी नेपालसंगको यस्तो बताएका हुन् । भेटवार्ताको क्रममा गभर्नर डा. नेपाल र फ्यानबीच नेपालको वर्तमान आर्थिक स्थितिको बारेमा छलफल भएको थियो । 

फ्यानले भूकम्पपछिको देशको आर्थिक आवस्थबारे चासो राखेका थिए । जवाफमा गभर्नर नेपालले पुनर्निर्माण कार्यले तीव्रता लिएपछि मुद्रास्फिति बढ्न सक्ने सम्भावना रहेको तर यसो भएमा परिस्थितिसँग जुझ्न नेपाल राष्ट्र बैंक सदाझैँ सक्षम तथा तयार रहेको जानकारी गराए । 

२०७२ वैशाखको महाभूकम्प तथा लामो समयसम्म चलेको राष्ट्रको दक्षिणी सिमा अवरोधका कारण अर्थतन्त्रमा परेको प्रभावका साथै कच्चा तेलको निरन्तर घट्दो मूल्यको कारण खाडी मुलुकबाट आउने विप्रेषणमा पर्न सक्ने असरका बारेमा समेत छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।