नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १०६औँ संञ्चालक समितिको बैठकबाट जनकबहादुर अधिकारीलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । २०७३ साल असोज १२ गतेदेखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका अधिकारी नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक हुन् ।
कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक/एक जनाप्रतिनिधि रहेका छन् ।
हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको NCHL-ECC प्रणालीमार्फत राफसाफ हुँदै आएको छ भने ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) बाट हाल ६६ बैंक तथा वित्तीय संस्थाहरुमार्फत कारोबार हुँदै आएको छ ।