Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकद्धारा साइकल र्याली सम्पन्न

admin २०७४ आश्विन २३ गते
सेयर:

सनराइज बैंक लिमिटेडले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा साइकल र्याली कार्यक्रम आयोजना गरेको छ । “You and Us, Together for Environment“ भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गुरागाईँ, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्धारा संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरिएको थियो । बैंकद्वारा आयोजित उक्त र्यालीमा नायब महाप्रबन्धकहरु आशा राणा अधिकारी, अपछ कुमार यादब साथै बैंकका कर्मचारीहरु एवं अन्य ग्राहकबर्गहरुको सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट सूरु भएको र्याली चावाहिल, महाराजगंज, कमल पोखरी, कलिका स्थान, न्यूरोड, कालीमाटी, बल्खु, कीर्तिपुर, पाङ्गा, धोबीघाट, पुुल्चोक, गाःबहाल, शंखमुल, तिनकुने, शान्तिनगर, गौशाला हुँदै पुनः गैह्रिधारामा आएर समापन भएको थियो । 

बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरि नै देशब्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।