Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

ई–सेवाप्रति बढ्दो आकर्षण

admin २०७४ आश्विन २२ गते
सेयर:

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेण्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । शुरूमा सानान्य रूपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् ।

छिटो, छरितो र सरल ढङ्गले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, सङ्क्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेण्ट’ उपलब्ध छ ।

तेह्रथुममा यो सेवाबाट प्रतिमहीना कम्तीमा ३० लाख रुपैयाँको कारोबार हुने गरेको ई–सेवा जोन रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोप्राइटर रोशन श्रेष्ठले बताए । ‘जिल्लामा ई–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ,’ श्रेष्ठले भने, ‘बजारदेखि गाउँ–गाउँसम्म ई–सेवाका ग्राहक छन् ।

जिल्लामा ई–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इण्टरनेट बिल, डिसहोम रिचार्ज र हवाई जहाज टिकट बुकिङ हुने गरेको छ । ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरीदमा नगद छूट पाउनुका साथै समयको पनि बचत हुने गरेको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।