Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

२०७४ आश्विन २२ गते

मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका हुन् ।

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत ३२ हजार ५३ रुपैयाँ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । 

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’नामक कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टोबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको छ ।  योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिनेछ । भट्टराई पहिलो भाग्यशाली विजेता छनौट भएका हुन् ।  

भाग्यशाली विजेताले घरायशी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।