सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबद्र्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत Fund Transfer,Topup/Recharge, e-Sewa Load वा Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइलफोन (SAMSUNG J76 Mobile)उपहार दिइने छ ।
यो योजनाआश्विन ११ (टिका) देखि १६ (पुर्णिमा)गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी InternationalPvt Ltd.को सहकार्यमा लक्की ड्रबाट हुनेछ ।