कतारको ठूलो सञ्जाल भएको अल जमान एक्सचेन्ज, कतार र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटेन्स सेवासुरु भएको छ । सम्झौताअनुसार, कतारमा रहेका नेपालीहरुले अल जमान एक्सचेन्जको सातै वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिने बताइएको छ ।
सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल जमान एक्सचेञ्जको तर्फबाट चिप अपरेटिङ अफिसर जुबेर अब्दुल रहिमानले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचानका साथमा बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिँदै आइरहेको छ ।