April 29th, 2016

यसरी आयो ट्वीटरको शेयरमा गिरावट

twitter in stockलोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको शेयरमा भारी गिरावट देखिएको छ । कमजोर आम्दानीको नतिजा सार्वजनिक भएसँगै कम्पनिको शेयरप्रतिको आकर्षण घटेको हो । कम्पनिले शेयर बजारमा १३.६ प्रतिशतको भारी गिरावटको सामना गरिरहेको छ ।  

पछिल्लो समयमा कम्पनि आफ्ना प्रयोगकर्ताहरुको वृद्धि र विज्ञापनमा पछाडि रहेका कारण आम्दानीको नतिजा आशा गरिएभन्दा पनि निकै कमजोर देखिएको छ । कम्पनिले २०१६को पहिलो ३ महिनाको अवधिमा मासिक प्रयोगकर्ताहरु ३१ करोड रहेको विवरण सार्वजनिक गरेको थियो भने राजस्व ५९ करोड ४५ लाख अमेरिकी डलर बराबरको रहेको जानकारी दिइएको थियो । यो नतिजा विश्लेषकहरुको अनुमानभन्दा कमजोर नतिजा हो । अहिले जारी रहेको दोस्रो त्रैमासिक अवधिका लागि ट्वीटरले ५९ करोडदेखि ६१ करोडसम्म राजस्व रहने अनुमान गरेको । 

गत वर्षदेखि नै कमजोर हुँदै आएको ट्वीटरको व्यापारमा अझै पनि सुधार आउन नसकेपछि नाफा कमाउनको लागि कम्पनि संघर्षरत छ । यसअघि ट्वीटर कम्पनिले आफ्नो सुामाजिक सञ्जालका उल्लेख्य प्रयोगकर्ताले आफ्नो खाता बन्द गरेको विवरण सार्वजनिक गरेपछि ट्वीटरको व्यापारमा झनै गिरावट आएको बताइएको छ । फेसबुकको बढ्दो लोकप्रियताका कारण पनि ट्वीटरको व्यापारमा गिरावट आएको बताईन्छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]