२०७४ आश्विन ३ गते

एनआईसी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेडबीच जेएएनबीआई कोर्स सञ्चालन सम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया र नेशनल बैंकिङबीच सोमबार उक्त सम्झौता भएको हो । सम्भौतापत्रमा बैंकका तर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने  र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई जेएएनबीआइ कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जेएएनबीआई कोर्ष गराउने पहिलो बैंक नै एन आई सी एशिया बैंक हो । 
बैंकले लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप गतिशिलता प्रदान गर्नको लागि  एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ । बैंकिङ इन्डष्ट्रिमा नै आफ्नो छुट्टै पहिचान रहेको एन आई सी एशिया बैंक लिमिटेड देशकै नम्बर वान बैंकिङ बोर्डको रुपमा आफुलाई स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ अगाडि बढीरहेको छ, साथै निकट भविष्यमा नै लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप उचाइमा पु¥याउनको लागि एकेडेमीको स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजहरु संचालन गर्ने वृहत लक्ष्य समेत लिएको बैंकले जनाएको छ ।