२०७४ आश्विन २ गते

एनआईबिएल क्यापिटलको एजिएम असोज २४ गते : यस्ता छन्, विशेष प्रस्तावहरु

एनआईबिएल क्यापिटल लिमिटेडले ९७.०४४३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज २४ गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले आफ्नै सभाहल लाजिम्पाटमा विहान १० बजे साधारणासभा गर्ने बताएको छ । 

सभामा कम्पनीको चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७ प्रतिशतले हुन आउने नौ करोड ८५ लाख रुपैयाँको बोनस सेयर तथा २५ प्रतिशतले हुन आउने दुई करोड ५३ लाख ७५ हजार रुपैयाँ (बोनसमा लाग्ने कर सहित)  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यस्तै एनआईबिएल क्यापिटल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रकृयालाई अगाडि बढाउन समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने भएको छ । इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले यी दुई कम्पनीलाई पनि मर्जर गर्न लागेको बताइएको छ । 

एस क्यापिटल लिमिटेडले पनि सोही दिन सातौं वार्षिक साधारणसभा गरेर एनआईबिएल क्यापिटल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रकृयालाई अगाडि बढाउन समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ । कम्पनीको साधारणसभा नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, नक्सालमा हुने भएको छ । साधारणसभाले सेयरधनीहरुलाई ५२ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्दैछ ।