२०७४ आश्विन २ गते

सनराइज सुरक्षित घर कर्जा अन्र्तगत बीमा रकम भुक्तानी

सनराइज बैंक लिमिटेडले सुरक्षित घर कर्जा अन्तर्गत आफ्नो मृतक ग्राहकका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकको लुभु शाखाबाट सुरक्षित घर कर्जा उपभोग गरिरहेका ग्राहक श्रीप्रसाद तण्डुकारको निधन भएपछि उनले लिएको घर कर्जा रकम बराबरको बीमा रकम बोनससहित उनको परिवारलाई हस्तान्तरण गरिएको हो । 

काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच कर्जा योजनाको साझेदार प्राइम लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले मृतक ग्राहकका छोरा सुमन तण्डुकारको उपस्थितिमा  बीमा रकम र बोनस सहित १५ लाख ७४ हजार दुई सय ५० रुपैयाँ सनराईज बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई हस्तान्तरण गरे । उक्त रकममध्ये, १५ लाख रुपैयाँले बैंकको सावाँ रकम चुक्तागरिनेछ भने बाँकी बोनस रकम मृतकका छोरा सुमन तण्डुकारलाई उपलब्ध गराइने बताइएको छ । 

बंंैकले आफ्ना ग्राहकहरुलाई ऋण रकम बराबरको सावधिक जीवन बीमा सहितको सनराइज सुरक्षित घर कर्जा योजना विगत २ वर्ष देखि संचालनमा ल्याएको छ । जस अन्तर्गत, ग्राहकहरुको कर्जा रकम बराबर जीवन बीमा गरिनुको साथै निजहरुलाई बीमाको अवधि अनुसार बोनसमा समेत सहभागिता गराइँदै आएकोे छ । साथै कथम्–कदाचित ग्राहकको मृत्यु भएमा बीमा कम्पनीबाट पूर्ण रुपमा कर्जा रकम चुक्ता गरिनुको साथै तोकिएको असाध्य रोगले ग्रसीत भई अशक्त भएमा बीमा सुविधा बापत हरेक महिना निश्चित रकम निश्चित समयका लागि प्रदान गरिने व्यवस्था रहेको छ । यस कर्जा योजना अनुसार कर्जाको सम्पूर्ण दायित्व बीमा कम्पनीले बहन गरिदिने हुनाले निजका परिवार समेत बैंक प्रतिको आर्थिक दायित्वबाट मुक्त हुनेछन् ।