२०७४ आश्विन २ गते

ग्लोबल आईएमई बैंकद्धारा बैंकिङसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

ग्लोबल आइएमई बैंक थानकोट शाखाले थानकोट चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु तथा क्षेत्रका बासिन्दाको उपस्थितीमा बैंंकिङ्ग सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंकले प्रदान गरिरहेका सेवा सुबिधा तथा बैंकिङ्ग सेवाको आवश्यकताबारे जानकारी दिने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा उपस्थित त्यस क्षेत्रका बासिन्दाले अत्याधुनिक बैंकिङ्ग सेवा, बैंकको व्याजदर सम्वन्ध तथा भुकम्प पिडितलाई आवास कर्जा लगायतका बिषयमा जिज्ञासाहरु राखेका थिए । साथै उक्त नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बृद्धभक्ता वितरण, शाखा रहित बैंकिङ सेवा लगायत अन्य सुबिधाहरुको माध्यमबाट त्यसक्षेत्रका बासिन्दामा बैंकिङ्ग सेवाको पहुँच पुर्याउन आफुहरुले बैंकसंगको सहकार्यमा जोड दिने समेत बताएका थिए ।

उक्त अन्र्तकृया कार्यक्रममा उठेका विषयहरुको बारेमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंब व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थी तथा सहायक महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले जानकारी प्रदान गरेका थिए ।