२०७४ आश्विन १ गते

एनआईसी एसिया बैंकद्धारा वित्तीय सचेतना र्यालीको आयोजना

एनआईसी एसिया बैंक लिमिटेडले मिति २०७४ भाद्र ३१ का दिन सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक बृहत् वित्तीय सचेतना र्यालीको आयोजना गरेको छ । बैंकको कमलादी शाखाबाट सुरु भएको उक्त र्याली काठमाण्डौँको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगी समापन भएको थियो । र्यालीमा बैंकको ६०० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले हाल ६ लाखभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १२८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले सदैव आफ्ना ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको छ ।