Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकद्धारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग

२०७४ आश्विन १ गते

सनराइज बैंक लिमिटेडले नेपाल बाल संगठनका १४० जना बालबालिकाहरुलाई विविध सामग्रीहरु वितरण गर्दै आएको छ । बैंकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले खाद्य सामाग्री, जाडो महिनाको लागि ५३ थान सिरक लगायत विभिन्न सामग्री वितरण गरेको हो । सनराइजले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितीका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

यसै क्रममा नेपाल बाल संगठनका महासचिव किरणबाबु श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि अनुरोध गरे ।

Ad