२०७४ भाद्र ३० गते

लुम्बिनी बिकास बैंकद्धारा अपाङ्ग बालबालिकाहरुलाई खाजा वितरण 

लुम्बिनी बिकास बैंक लिमिटेडले अन्र्तराष्ट्रिय बाल दिवसको अवसर पारेर विहीबार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, नारायणटारका अपाङ्ग बालबालिकाहरुलाई खाजा वितरण गरेको छ । उक्त कार्यक्रममा त्यस विद्यालयका ३५० विद्यार्थी तथा शिक्षकहरुलाई विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खाजा वितरण गरेको हो ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक तिलक राज पाण्डेय, नारायणटार शाखाका कर्मचारीहरु, स्थानिय क्लबका सदस्य महानुभावहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय भद्रभलादमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

लुम्बिनी विकास बैंकले यसअघि पनि सो बिद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान साउण्ड सिस्टम उपहार स्वरुप प्रदान गरिसकेको छ । यस प्रकारको सहयोग कार्यक्र्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।