सिद्धार्थ बैंकले भाद्र २९ गते बिहीबार काठमाडौँको पुतलीसडकस्थित सेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
सिद्घार्थ बैंक नेपाल स्टक एकसचेञ्जको clearing and settlement बैंक हो । CDS/CLEARINGको कार्यालय पनि यहि भवनमा रहेकोले यो शाखाको स्थापना पश्चात सेयर कारोबार गर्ने ग्राहकहरुलाई सहज र सरल हुनेमा बैंक विश्वस्त रहेको छ । हालै बैंकले सेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो सेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ ।
यससँगै सिद्धार्थ बैंकको एक्स्टेन्सन काउन्टर तीन पुगेको छ । यसबोहक, बैंकले हाल देशभर रहेका ७७ शाखा, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।