लुम्बिनी बिकास बैंक लिमिटेडले शुक्रबारदेखि चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका, वडा नं. ४, कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप उक्त शाखा संचालनमा ल्याएको जनाएको छ । उक्त शाखाको उद्घाटन ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैंकको संचालक समितिका अध्यक्षसुशिल राज पराजुलीले संयुक्त रुपमा गरे ।
स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखा संचालनमा ल्याएको लुम्बिनी विकास बैंकले जनाएको छ ।
यस विकास बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । साथमा निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको बैंकले जनाएको छ । बैंकले ५५ वटा शाखा कार्यालयका साथमा १२ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।