२०७४ भाद्र २३ गते

हिमालयन बैंकलाई TFP Award यसपटक पनि

एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंक लिमिटेडलाई TFP Award 2017- Leading Partner Bank in Nepal प्रदान गरेको छ । बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

सेप्टेम्बर ५, २०१७ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका वरिष्ठ व्यवस्थापकद्वय नविन कुमार पौड्याल तथा सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरे ।

बैंकले यस पटक समेत गरी लगातार दोश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।