September 7th, 2017

दशैं तिहारको बहार : ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दाउपहार नै उपहार’ योजना सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् । 

लेनेभाको सबै मोबाइलमा ३० प्रतिशत छुट
ताम्राकार मोबाइल बजारले मेला अबधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए । 

उपहारको पनि व्यवस्था
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने जानकारी दिए । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिनेछ । यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत बितरण गरिने व्यवस्था गरिएको  मोबाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए । यसैगरी साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने बताइएको छ । बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै गरिने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडी नै लक्की ड्र मार्फत बितरण गरिने छ । 

मोबाइल मेलाअवधिभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]