Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सफल धनाढ्यहरुका नौ गोप्य रहस्यहरु

admin २०७४ भाद्र २१ गते
सेयर:

[caption idकतिपय सफलताका सुत्रहरु गोप्य नै राखिन्छन् । ठूलो संघर्ष गरेर सफल भएका धनाढ्यहरु आफ्नो प्रतिष्पर्धामा अरु नआउन् भन्ने धारणा राख्ने भएकाले आफ्नो सफलताका सुत्रहरु प्रचार गर्दैनन् । यद्यपि, ठूलाठूला आयोजनाहरुमा ठूलो रकमको लगानी गर्नेहरुले के आधारमा लगानी गर्छन् भन्ने कुरामा सबैको चासो हुन्छ । धेरै लगानी गर्दा डुब्ने डर हुने, आशातित रुपमा लगानीको प्रतिफल प्राप्त नहुँदा निराश हुने लगायतका समस्याले ठूला लगानीकर्ताहरुलाई पोरोल्छ कि पिरोल्दैन भन्ने तपाईँहरुको जिज्ञासा मेटाउनका लागि बैँकिङ खबर डट कमले ठूला लगानीकर्ताहरुका केही गोप्य तथ्यहरुका बारेमा खोजी गरेको छ । प्रस्तुत छ, सहकर्मी रुपा कोइरालाले तयार पारेको खोजमूलक सामग्री :

दीर्घकालीन सफलताका लागि धैर्यशील
नेपालीमा एउटा भनाइ छ, दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु । त्यसैले ठूला लगानीकर्ताहरु पनि यसै भनाइलाई मान्छन् । उनीहरु धैर्यतामा विश्वास गर्छन् । सानो उपलब्धीमा धेरै खुसी हुनुभन्दा अझ बढी मिहिनेत गरेर दीर्घकालीन सफलता हासिल गर्नुमा उनीहरुको खुसी अडिएको हुन्छ । 

तथ्य र कहानीबिचको फरक पहिचान
ठूला लगानीकर्ताहरु समाचारहरुमा अथवा यताउता सुनिएका टिप्पणीहरुमा विश्वास गर्दैनन् । उनीहरु आफूले लगानी गरेको क्षेत्रका साँच्चै नै निपुण व्यक्तिहरुको सरसल्लाह लिन्छन् । अनि मात्रै निर्णय गर्छन् । क्लाइन्टहरुको प्रतिक्रिया, आर्थिक सूचकहरु, विगतको विश्लेषण लगायतका आधारमा आफ्नो निर्णय बनाउँछन् । 

वित्तिय साक्षरता
वित्तिय साक्षरता हिसाब या अन्य कुनै कुरामा निपुण हुनुभन्दा नितान्त फरक कुरा हो । वित्तिय साक्षरताले कस्तो विजनेसमा लगानी गर्ने र कसरी गर्ने भन्ने कुरामा मार्गदर्शन गर्छ । यसकै आधारबाट ठूला लगानीकर्ताहरु विजनेसभित्र नभएर विजनेसमा काम गर्छन् । पैसाको लागि काम गर्नेमा भन्दा पनि आफ्नो लागि काम गर्ने विजनेसमा उनीहरुले हात हाल्छन् । 

समयको सही सदुपयोग
ठूला लगानीकर्ताहरु बलभन्दा बुद्धिमा विश्वास राख्छन् । उनीहरु समयमा नै र दीर्घकालीन विजनेसमा लगानी गरेर आफ्नो समयको सदुपयोग गर्छन् । यसका साथै अरुलाई रोजगारी दिएर उनीहरुको समय र आइडीयाहरुलाई समेत आफ्नो विजनेस उकास्ने काममा प्रयोग गर्न उनीहरु खप्पिस हुन्छन् । अरुसँग भएको पैसालाई आफ्नो पैसा बढाउने काममा प्रयोग गर्न सक्ने खुबी समेत ठूला तथा सफल लगानीकर्ताहरुमा हुन्छ । 

आफैँमा अनुशासित
आजको युगमा मानिसहरुको ध्यान भंग गराउने तथा बराल्ने कुराहरु जताततै छन् । अरुको सफलताको तारिफ गर्न नजान्ने यो समाजमा ठूला लगानीकर्ताहरु आफैँमा अनुशासित हुने र भड्किलो कुरामा नफस्ने अभ्यास प्रत्येक दिन गर्दछन् । आफ्ना दैनिक, साप्ताहिक तथा मासिक लक्ष्यहरुका बारेमा उनीहरु हरेक दिन विश्लेषण गर्छन्, काँटछाँट गर्छन् । आफैँ निश्चित गतिमा नभएको मानिसको गतिलाई उनीहरु पछ्याउँदैनन् । आफ्नो हरेक पलको पूर्वयोजना बनाएर अघि बढ्नु ठूला लगानीकर्ताहरुको विशेषता हो । 

आफ्नो भावनालाई सहि दिशा देखाउनु
भावनात्मक रुपमा निपुण व्यक्ति त्यसलाई मानिन्छ जो तनावमा पनि शान्त हुन सक्छ, दबाबमा पनि सक्रिय भएर सोच्न सक्छ, अनि असफलताबाट पाठ सिकेर चाँडै अघि बढ्न सक्छ । ठूला लगानीकर्ताहरु यस्तै स्वभावका हुन्छन् । वाह्य कुराहरुमा अनावश्यक चासो राख्दैनन् उनीहरु । बरु, एकैछिन् सोच्छन्, वैकल्पिक उपाय निकाल्छन्, अनि यस्तो प्रतिक्रिया दिन्छन् जसको परिणाम उनीहरुले चाहेजस्तै होओस् । 

ठोस निर्णय
ठूलो लगानीकर्ताहरुमा छिटो र ठोस निर्णय लिन सक्ने क्षमता हुन्छ । उनीहरु आफ्नो आत्मालाई विश्वास गर्छन्, सोहीअनुसार निर्णय गर्छन् र निर्णयलाई सही तरिकाले उपयोग गर्छन् । 

पछि नहट्ने स्वभाव
ठूला लगानीकर्ताहरु आफ्नो कामका लागि योजना बनाउँछन् र योजना पूरा गर्नका लागि काम गर्छन् । एकपटक एउटा लगानीको क्षेत्र चुनिसकेपछि उनीहरु परसम्म हैन गहिराईसम्म जान्छन् । कुनै हालतमा पछि हट्दैनन् । आफूले हात हालेको व्यवसायमा उनीहरु निपुण बन्छन् । जीत र हारबिचको फरकलाई उनीहरुले राम्रोसँग बुझेका हुन्छन् ।

आफ्नो नेतृत्व, टिमको नेतृत्व
ठूला लगानीकर्ताहरुलाई थाहा हुन्छ, आफू को हो, आफ्नो दक्षताको प्रयोग कहाँ गर्ने, आफ्नो कमजोरीलाई कसरी हाबी हुन नदिने र किन गर्ने लगानी ? परिवार, समाज र विश्वमा आफ्नो कस्तो प्रभाव पार्ने भन्ने विषयमा उनीहरुसँग वृहत भिजन हुन्छ । आफूले रोजेको लगानीको क्षेत्रलाई अर्थपूर्ण बनाउन उनीहरु लागिपरेका हुन्छन् । उनीहरुले अरुलाई पनि सेवा दिन्छन् । एक सच्चा नेतृत्वले अनुयायी मात्र पैदा गर्दैन आफूजस्तै नेतृत्व समेत जन्माउँछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।