सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले एघार लाख रुपैयाँको र्आिर्थक सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको हो ।
यसैको निरन्तरता स्वरूप बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल््लाको मटीहानीका बाढी पीडितहरुलाई पाँँच लाख रुपैयाँ बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री समेत वितरण गरेका छन् । बैंकले पाँच सय परिवारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको हो । वडा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा राहत वितरण कार्यक्रम गरिएको थियो ।
यसअघि पनि बैंकले महाभूकम्पका पीडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड रुपैयाँ सो कोषमा प्रदान गरेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । भविष्यमा पनि यस्तो सेवा र सहयोगको कामलाई निरन्तरता दिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले बताए ।